पोखरा महानगरका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । उपचाररत प्रमुख बिहीबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् । अर्थमन्त्री पौडेल तीन दिन अघिनै डिस्चार्ज नभएका थिए । उनले सामाजिक सञ्चाल फेसबुकमार्फत […]

Feb 20, 2025 - 10:01
 0
पोखरा महानगरका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौँ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते भएका थिए ।

उपचाररत प्रमुख बिहीबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् । अर्थमन्त्री पौडेल तीन दिन अघिनै डिस्चार्ज नभएका थिए ।

उनले सामाजिक सञ्चाल फेसबुकमार्फत आफु अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । साथै उनले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई हृदयदेखि आभार व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register