क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

काठमाडाैं । उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरुमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भएको छ । देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा.रविन्द्र प्रसाद ढकालले गरेका थिए । एनआरइएनका अध्यक्ष […]

Jan 26, 2025 - 08:28
 0
क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

काठमाडाैं ।

उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरुमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा.रविन्द्र प्रसाद ढकालले गरेका थिए ।

एनआरइएनका अध्यक्ष लोचन लाल अमात्यले उद्घाटन समारोहमा प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा विद्यार्थीहरुले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिए ।

कार्यक्रम सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो। प्रशिक्षार्थीहरू सूचना प्रविधिको अध्यापन हुने नेपालका सबै जसो विश्वविद्यालय तथा कलेजका क्याम्पस नेटवर्क डिजाइनरहरू नै थिए भने प्रशिक्षार्थीहरू एनआरइएन र सुबिसु कम्पनीका विज्ञहरू थिए।

कार्यशाला सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले उक्त कार्यक्रमबाट आआफ्नो कलेजको नेटवर्क डिजाइनलाई थप प्रभावकारी बनाउन र कलेज नेटवर्कलाई आईएसपि जस्ता बाह्य नेटवर्क सँगको समन्वय बढाउन सीप प्रदान गरेको जनाए।

देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई आवश्यक गर्ने द्रुत गतिको इडुरोम नामक वाईफाई सेवा नि:शुल्क प्रदान गर्ने एनआरइएन नेपालको एक मात्र अनुसन्धानमा समर्पित गैरनाफामूलक संस्था हो। कार्यशालामा संलग्न सबै प्रशिक्षक तथा कर्मचारीहरूले आआफ्नो सेवा नि:शुल्क प्रदान गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register