स्वास्थ्य बीमा रोक्न खोजेको भन्दै रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले स्वास्थ्यबीमा कार्यक्रम रोक्न खोजेको भन्दै संसद्‌मा विरोध गरेको छ । सो पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पताललाई भुक्तानी दिन नसिकने भन्दै दिएको अभिव्यक्तिको विरोध गरेकी हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्दै त्यसको दायित्व पाँचलाखसम्म पुर्‍याउने भनेका मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने खोजेको […]

Feb 24, 2025 - 08:10
 0
स्वास्थ्य बीमा रोक्न खोजेको भन्दै रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले स्वास्थ्यबीमा कार्यक्रम रोक्न खोजेको भन्दै संसद्‌मा विरोध गरेको छ ।

सो पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पताललाई भुक्तानी दिन नसिकने भन्दै दिएको अभिव्यक्तिको विरोध गरेकी हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्दै त्यसको दायित्व पाँचलाखसम्म पुर्‍याउने भनेका मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने खोजेको भन्दै कार्कीले विरोध गरिन् । “स्वास्थ्य बीमाको दायित्व पाँच लाखसम्म पुर्‍याउँछु भन्ने मन्त्रीले अहिले अस्पताललाई भुक्तानी दिन नसकिने भन्दै लाचार बन्न खोज्नुभयो,” उनले भनिन् ।

स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको उनको भनाइ छ । स्वास्थ्य बीमाको पहुँच २६ देखि २८ प्रतिशतसम्म मात्रै रहेकोमा यसलाई विस्तार गर्नुपर्ने उनको भनाइ छ । “स्वास्थ्य बीमा रोक्ने होइन, यसलाई प्रभावकारी बनाउने हो । सरकारलाई सल्लाह चाहिएको भए हामी सल्लाह दिन तयार छौँ,” उनले भनिन् ।

सुरुमा स्वास्थ्य बीमाको जस लिँदै अहिले बन्द गर्न खोज्नु जायज नभएको कार्कीको भनाइ छ ।

स्वास्थ्यमन्त्री पौडेलले केही दिनअघि लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमाअन्तर्गतको दायित्वको भुक्तानी दिने अवस्थामा सरकार नरहेको बताएका थिए ।

बीमा कार्यक्रमको दुरूपयोग हुँदा सरकार माथिको दायित्व थप भएको र भुक्तानी क्षमता नभएकाले यसलाई बन्द गर्नुपर्ने स्थिति आउनसक्ने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register