पहिलो जितको खोजीमा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड आमने–सामने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज (बुधबार) अफगानिस्तान आमने–सामने हुँदैछन् । यो खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’मा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड पहिलो खेलमा पराजित भएका थिए । इङ्गल्यान्डलाई अष्ट्रेलियाले पराजित गर्दा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाले जित दर्ता गरेको थियो । यसर्थ सेमिफाइनल आशा जीवितै राख्न […]

Feb 26, 2025 - 04:27
 0
पहिलो जितको खोजीमा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड आमने–सामने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज (बुधबार) अफगानिस्तान आमने–सामने हुँदैछन् ।

यो खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’मा रहेका अफगानिस्तान र इङ्ग्ल्यान्ड पहिलो खेलमा पराजित भएका थिए । इङ्गल्यान्डलाई अष्ट्रेलियाले पराजित गर्दा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाले जित दर्ता गरेको थियो ।

यसर्थ सेमिफाइनल आशा जीवितै राख्न आज अफगानिस्तान र इङ्ग्ल्यान्ड दुवै टोली स्पष्ट जितको खोजीमा हुनेछन् ।

यो समूहमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले एक–एक खेल जितेका छन् । यी दुई बीचको मङ्गलबारका लागि तय भएको खेल रद्द गरिएको छ । वर्षाका कारण टस पनि हुन नसकेको हो ।

यस समूहबाट अहिलेसम्म कुनै टोली पनि सेमिफाइनलमा पुगेका छैनन् । समूह ‘ए’बाट भने न्युजिल्यान्ड र भारत अन्तिम चारमा पुगिसकेका छन् ।

दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register