पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

काठमाडौँ। प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। आरोपीहरुले सिक्री लुट्न खोज्ने र लागु औषध गाँजा खाएर होहल्ला गर्ने जस्ता गतिविधि गरेको पाईएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । पक्राउ पर्नेहरु सबै पुरुष […]

Feb 26, 2025 - 08:36
 0
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

काठमाडौँ।

प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

आरोपीहरुले सिक्री लुट्न खोज्ने र लागु औषध गाँजा खाएर होहल्ला गर्ने जस्ता गतिविधि गरेको पाईएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराकै कमाण्डमा ४ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register