एनआईसी एशिया बैंकका कम्युनिकेसन प्रमुख भट्टराई जिम्मेवारीबाट हटाइए, मिडियाबाट अनुचित लाभ लिएको आरोप

काठमाडौँ । एनआईसी एशिया बैंकका ब्राण्ड एण्ड कम्युनिकेसन प्रमुख सरोज भट्टराई कारवाहीमा परेका छन् ।  मिडियाबाट अनुचित लाभ लिएको भन्दै बैंकले उनलाई कारवाही गरेको हो । कारवाहीस्वरुप बैकले भट्टराईलाई जिम्मेवारीबाट हटाएको छ । भट्टराईलाई जिम्मेवारीबाट हटाइएको बैंककै एक अधिकारीले पुष्टि गरेका छन् ।  ‘उहाँविरुद्ध मिडिया हाउसहरुबाट अनुचित लाभ लिएकोदेखि अन्य गुनासाहरु आइरहेका थिए । त्यसलाई […]

Mar 9, 2025 - 04:42
 0
एनआईसी एशिया बैंकका कम्युनिकेसन प्रमुख भट्टराई जिम्मेवारीबाट हटाइए, मिडियाबाट अनुचित लाभ लिएको आरोप

काठमाडौँ । एनआईसी एशिया बैंकका ब्राण्ड एण्ड कम्युनिकेसन प्रमुख सरोज भट्टराई कारवाहीमा परेका छन् । 

मिडियाबाट अनुचित लाभ लिएको भन्दै बैंकले उनलाई कारवाही गरेको हो । कारवाहीस्वरुप बैकले भट्टराईलाई जिम्मेवारीबाट हटाएको छ । भट्टराईलाई जिम्मेवारीबाट हटाइएको बैंककै एक अधिकारीले पुष्टि गरेका छन् । 

‘उहाँविरुद्ध मिडिया हाउसहरुबाट अनुचित लाभ लिएकोदेखि अन्य गुनासाहरु आइरहेका थिए । त्यसलाई बैंकले गम्भीर रुपमा हेरिरहेको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका ती अधिकारीले भने, ‘पछि गुनासो झन्झन् बढ्न थालेपछी उहाँलाई जिम्मेवारीबाट हटाइएको छ ।’ 

ती अधिकारीका अनुसार बैंकले उनलाई साबिकको जिम्मेवारी (ब्राण्ड एण्ड कम्युनिकेसन प्रमुख) बाट हटाएर अर्को विभागमा सरुवा गरिदिएको छ । उक्त विषयमा बुझ्न हामीले स्वयम् भट्टराईलाई नै सम्पर्क गरेका थियौँ । तर, उनी हाम्रो सम्पर्कमा आएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register