युक्रेनमाथि रुसी आक्रमण : कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं । युक्रेनमाथि रुसले गरेको लगातार आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ । रुसले गरेका पछिल्ला आक्रमणहरूबाट कम्तीमा २५ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शनिबार बताएका हुन् । डोनेट्स्कमा भएको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसमा ६ जना बालबालिका पनि छन् । आक्रमणमा […]

Mar 9, 2025 - 04:24
 0
युक्रेनमाथि रुसी आक्रमण : कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं । युक्रेनमाथि रुसले गरेको लगातार आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

रुसले गरेका पछिल्ला आक्रमणहरूबाट कम्तीमा २५ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शनिबार बताएका हुन् ।

डोनेट्स्कमा भएको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसमा ६ जना बालबालिका पनि छन् ।

आक्रमणमा खार्किभ र ओडेसालगायत अन्य क्षेत्रहरूमा रहेका आवासीय परिसर र पूर्वाधारहरू पनि लक्षित थिए ।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी दिन प्रतिबन्ध लगाएसँगै पछिल्ला दिनहरूमा रुसले आक्रमण तीव्र पारेको बीबीसीकाे समाचारमा उल्लेख छ ।

युक्रेनमा रुसको पछिल्लो आक्रमणबारे पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले प्रतिक्रिया जनाएका छन् ।

‘जब तपाईं कुनै बर्बरलाई खुसी पार्नुहुन्छ, तब यस्तै हुन्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।’

यसअघि, गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिकी राष्ट्रपति कार्यालयमा चर्काचर्की परेको थियो ।

युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register