युगान्डामा नेपालको सान्त्वना जित, हङकङ पराजित

काठमाडौं । युगान्डामा जारी चारदेशीय वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ। प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेको हो। यसअघि प्रतियोगितामा नेपालले पाँचमध्ये चार खेल गुमाएको थियो। हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रन […]

Mar 15, 2025 - 02:23
 0
युगान्डामा नेपालको सान्त्वना जित, हङकङ पराजित

काठमाडौं । युगान्डामा जारी चारदेशीय वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ।

प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेको हो। यसअघि प्रतियोगितामा नेपालले पाँचमध्ये चार खेल गुमाएको थियो।

हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो। हङकङकी सान्जिन शाहजादले ५४ रनको अर्धशतकीय पारी खेलिन्। नेपालका लागि राजमती ऐरीले ३ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर १०५ रनको लक्ष्य पुरा गर्यो। नेपालकी सम्झना खड्काले ४७ रनको महत्त्वपूर्ण योगदान गरिन्। पूजा महतोले २० रनको अविजित पारी खेलेर नेपाललाई जित दिलाइन्। सम्झना खड्का ‘प्लेयर अफ द म्याच’ भइन्।

नेपालले अब आइतबार हङकङसँग तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछ। युगान्डा र नामिबियाबीच फाइनल खेल हुनेछ।

यस प्रतियोगितामा नेपाल, युगान्डा, नामिबिया र हङकङ गरी चार टोलीको सहभागिता रहेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register