शुक्रवारको घटनामा ज्ञानेन्द्र शाहको हात देखियो, उनलाई छाडा छोड्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारको घटनाका पछाडि ज्ञानेन्द्र शाहको भूमिका देखिएको टिप्पणी गरेका छन् । राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमन गरेर समाजवादी मोर्चाको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनीहरूविरूद्ध कडा कदम चाल्न सरकारलाई सुझाव समेत दिए । घटनाका पछाडि ज्ञानेन्द्रको आपराधिक मानसिकता […]

Mar 29, 2025 - 05:09
 0
शुक्रवारको घटनामा ज्ञानेन्द्र शाहको हात देखियो, उनलाई छाडा छोड्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारको घटनाका पछाडि ज्ञानेन्द्र शाहको भूमिका देखिएको टिप्पणी गरेका छन् ।

राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमन गरेर समाजवादी मोर्चाको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनीहरूविरूद्ध कडा कदम चाल्न सरकारलाई सुझाव समेत दिए ।

घटनाका पछाडि ज्ञानेन्द्रको आपराधिक मानसिकता रहेको दाबीसहित उनले भने, ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’

प्रचण्डले सरकार र प्रहरीले आवश्यक तयारी नगरेको देखिएको बताए । आक्रमण भएको जानकारी गराएपछि पनि झन्डै ४०-४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भएको उनको भनाइ छ ।

सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने भन्दै प्रचण्डले अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन नसकिने र नेपाली जनता त्यसमा तयार नरहेको समेत बताउ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register