आरआरमा अनेरास्ववियुले तालाबन्दी गरेपछि नेविसङ्घको प्रतिक्रिया : पराजित मानसिकता (तस्वीरहरू)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दी गरेको विषयलाई लिएर अर्को सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रतिक्रिया जनाएको छ । आरआरका क्याम्पसका नेविसङ्घका नेताहरूले तालाबन्दी गर्नु अनेरास्ववियुको पराजित मानसिकता भएको बताएको छ । लालकिल्ला ठानिएको क्याम्पसमा चुनाव हार्ने डरले मध्यराति तालाबन्दी गरिएको […]

Mar 18, 2025 - 01:56
 0
आरआरमा अनेरास्ववियुले तालाबन्दी गरेपछि नेविसङ्घको प्रतिक्रिया : पराजित मानसिकता (तस्वीरहरू)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दी गरेको विषयलाई लिएर अर्को सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रतिक्रिया जनाएको छ ।

आरआरका क्याम्पसका नेविसङ्घका नेताहरूले तालाबन्दी गर्नु अनेरास्ववियुको पराजित मानसिकता भएको बताएको छ । लालकिल्ला ठानिएको क्याम्पसमा चुनाव हार्ने डरले मध्यराति तालाबन्दी गरिएको नेविसङ्घको आरोप छ ।

अनेरास्ववियुले आरआर क्याम्पसमा स्ववियु निर्वाचन रोक्न माग गर्दै सोमबार मध्यराति तालाबन्दी गरेको थियो ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भन्दै तालाबन्दी गरिएको हो ।

क्याम्पस गेटमा एक विज्ञप्ति पत्र टाँसेर तालाबन्दी गरिएको छ ।

यस विषयमा निष्पक्ष छानबिन नभएसम्म स्ववियु निर्वाचन हुन नदिइने चेतावनीसमेत दिइएको छ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register