एसइई अवधिभर दुर्गेश थापा कुनै कार्यक्रममा नजाने 

काठमाडौँ । गायक दुर्गेश थापा माध्यामिक शिक्षा परीक्षा (एसइई) अवधिभर कुनै पनि कार्यक्रममा सहभागी नहुने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै थापाले यस्तो घोषणा गरेका हुन् ।  उनले चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षा अवधिभर नेपालमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । थापाले एसइई परीक्षाको समयमा […]

Mar 19, 2025 - 07:38
 0
एसइई अवधिभर दुर्गेश थापा कुनै कार्यक्रममा नजाने 

काठमाडौँ । गायक दुर्गेश थापा माध्यामिक शिक्षा परीक्षा (एसइई) अवधिभर कुनै पनि कार्यक्रममा सहभागी नहुने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै थापाले यस्तो घोषणा गरेका हुन् । 

उनले चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षा अवधिभर नेपालमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।

थापाले एसइई परीक्षाको समयमा कार्यक्रम गर्दै हिँड्दा त्यसले विद्यार्थीको पढाईमा ‘डिस्टर्ब गर्ने, ध्यान भंग हुने र भविष्यमा असर गर्ने भन्दै एसइई परीक्षा अवधिभर कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन् । 

त्यस्तै, उनले परीक्षा अवधिभर कुनै पनि कार्यक्रममा सहभागि हुन आफूलाई सम्पर्क नगर्न पनि थापाले आग्रह गरेका छन् । साथै उनले एसइई परीक्षामा सहभागि हुने परीक्षार्थीहरुलाई शुभकामना पनि दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register