हल्दिबारी गाउँपालिकाको पाँच ऐन र कार्यविधि पारित
हल्दिबारी, ७ चैत । झापाको हल्दिबारी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन आज सम्पन्न भएको छ । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको हिउँदे अधिवेशनले पाँच वटा ऐन र कार्यविधि पास गरेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार पालिका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले प्रस्तुत गर्नु [...] The post हल्दिबारी गाउँपालिकाको पाँच ऐन र कार्यविधि पारित appeared first on Jhapa Online.

हल्दिबारी, ७ चैत । झापाको हल्दिबारी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन आज सम्पन्न भएको छ ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको हिउँदे अधिवेशनले पाँच वटा ऐन र कार्यविधि पास गरेको छ ।
पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार पालिका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले प्रस्तुत गर्नु भएको ५ वटा ऐन र कार्यविधि सर्वसम्मत पास भएको हो ।
गाउँपालिकाको गाउँ नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन सम्बन्धि ऐन २०८१, शिक्षक सरुवा सम्बन्धी कार्यविधि २०८१, हाट बजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, प्राविधिक तथा सीप विकास सम्बन्धी कार्यविधि २०८१ र उत्कृष्ट कृषक पुरस्कर कार्यविधि २०८१ पास भएको छ ।
अधिवेशनमा पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बजेट र कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सभाले केही योजनाहरु थपघट कुल बजेटमा नघटाई पारित समेत गरेको छ ।
हल्दिबारी गाउँपालिकामा राप्रपाबाट अध्यक्ष, उपाध्यक्षसहित १७ जना, एमालेबाट एक वडा अध्यक्षसहित छ जना, काङ्ग्रेसबाट एक वडा अध्यक्षसहित दुई जना र नेकपा माओवादी केन्द्रबाट एक वडा अध्यक्षसहित चार जना जनप्रतिनिधि रहेका छ्न् ।
The post हल्दिबारी गाउँपालिकाको पाँच ऐन र कार्यविधि पारित appeared first on Jhapa Online.
What's Your Reaction?






