सरकारलाई नटेरेको भन्दै कुलमान घिसिङलाई सरुवा गर्ने तयारी, विद्युत प्राधिकरणबाट उर्जा मन्त्रालय तानिँदै !
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरुवा गर्ने तयारी गरेको छ । विगतदेखि नै कुलमानलाई पदबाट हटाउन लागि परेको सरकारले घिसिङलाई उर्जा मन्त्रालयमा सरुवा गर्ने तयारी गरेको हो । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई सरुवाको निर्णय गर्ने तयारी सरकारको रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार कुलमानलाई विद्युत प्राधिकरणबाट उर्जा […]

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरुवा गर्ने तयारी गरेको छ । विगतदेखि नै कुलमानलाई पदबाट हटाउन लागि परेको सरकारले घिसिङलाई उर्जा मन्त्रालयमा सरुवा गर्ने तयारी गरेको हो ।
सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई सरुवाको निर्णय गर्ने तयारी सरकारको रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार कुलमानलाई विद्युत प्राधिकरणबाट उर्जा मन्त्रालय सरुवा गरेर प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशकलाई दिने तयारी सरकारले गरेको छ ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा कुलमान घिसिङले सरकारलाई नटेरेको, आफूखुसी निर्णय गरेर सरकारलाई सहयोग नगरेको भन्दै उर्जामन्त्री दीपक खड्काले गरेको ब्रिफिङका आधारमा सरकारले यस्तो तयारी गरेको बुझिएको छ ।
यसो त कुलमानलाई विद्युत प्राधिकरणबाट हटाउन उर्जामन्त्री र प्रधानमन्त्री यसअघिदेखि नै लागि परेका छन् । कुलमानलाई पदबाट हटाउनकै लागि उर्जामन्त्रीले पटकपटक स्पष्टिकरण सोध्ने र मन्त्रिपरिषद् बैठकमा समेत प्रस्ताव गरिसकेका छन् । तर, सबै प्रयास असफल भएपछि मन्त्रिपरिषद् बैठकले कुलमानले कार्यसम्पादन मूल्यांकनका आधारमा पाएको शून्य अंकका विषयमा स्पष्टिकरण सोध्ने र पदबाट हटाउने तयारी गरेको थियो । सोही तयारी अनुसार हाल सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट उर्जा मन्त्रालय सरुवा गर्ने तयारी गरेको छ ।
What's Your Reaction?






