सांसद साहको आरोप- ‘सरकारको कर आतंकले अर्थतन्त्र ड्यामेज गर्यो’ 

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाएका हुन् ।  उनले उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको बताएका छन् । सरकारले […]

Jun 22, 2025 - 08:12
 0
सांसद साहको आरोप- ‘सरकारको कर आतंकले अर्थतन्त्र ड्यामेज गर्यो’ 

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाएका हुन् । 

उनले उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको बताएका छन् । सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्बन गरेको समेत उनले आरोप लगाएका छन् । 

‘आज हाम्रा उद्योगहरु भएका छन्, व्यवसायहरु चौपट छ, व्यापारहरु लथालिङ्ग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पादन महँगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो ।’, उनले भने, ‘नेपालका पूँजीहरुको जगेर्ना गर्नुपर्थ्योसरकराले उद्योगीहरुलाई बचाउनुपर्थ्यो । तर नेपालका पूँजी विदेशमा लैजाने र पूँजी पलायनलाई सहायता गर्ने बजेट ल्याएका छौँ । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’

त्यस्तै, उनले सरकार र भ्रष्टाचार पर्यायवाचीजस्तै बनेको समेत टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै सांसद साहले आपत्ति जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register