विश्व म्याराथन (एम्स) को बोर्ड बैठक नेपालमा

काठमाडौं- विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा हुने भएको छ । जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते (जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ । कुनै पनि विधाको […]

Mar 24, 2025 - 10:58
 0
विश्व म्याराथन (एम्स) को बोर्ड बैठक नेपालमा


काठमाडौं- विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा हुने भएको छ ।

जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते (जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।

कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।

निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दूत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए । ‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने–‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।’

एम्सले संसारभर वर्ल्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवर्द्धन गर्दछ । एम्सको सन्जाल एक सय २० देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।

एम्सको बोर्ड मिटिङका लागि आतिथ्य गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् । स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुनेछ ।

नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य विशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा छ । 

विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको विषय रहेको ठकुरीले बताए । ‘तसर्थ सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेका छौं’ उनले भने–‘आशा छ, सबैबाट सकारात्मक साथ र सहयोग रहनेछ । यसमा व्यक्तिगत तथा संस्थागत सहयोग र सहकार्य गर्न सकिनेछ ।’ 

नेपालमा नियमित आयोजना हुँदै आएका सम्पूर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए । एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मुल आयोजक समिति गठन गरिनेछ ।

नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई उक्त मुल आयोजक समितिमा समेटिनेछ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register