इलाममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी

कोकिला ढकालइलाम, १६ असार। दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिका –२ का ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुुरी दिएका छन् । ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षक समेत हुनुहुन्छ । ११ र १४ वर्षीया ती बालिकालाई यौन दुुव्र्यवहार गरेको भन्दै ढकाललाई गए [...] The post इलाममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी appeared first on Jhapa Online.

Jun 30, 2025 - 09:50
 0
इलाममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी


कोकिला ढकाल
इलाम, १६ असार।
दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिका –२ का ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुुरी दिएका छन् ।

ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षक समेत हुनुहुन्छ । ११ र १४ वर्षीया ती बालिकालाई यौन दुुव्र्यवहार गरेको भन्दै ढकाललाई गए राति प्रहरीले उनको घरबाटै पक्राउ गरेको थियो ।

पक्राउपछि सदरमुकाम ल्याइएका ढकालविरुद्ध प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पीडित पक्षको उजुरीपछि ढकालविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानका लागि अदातबाट म्याद थप गरिएको इलामका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार प्रहरी नियन्त्रणमा रहेका ढकाल नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका १३ नम्बर इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्यसमेत रहेका छन् ।

The post इलाममा यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register