एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने

कैलाली । नेकपा एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते कैलालीको धनगढीमा हुने भएको छ । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका नौ जिल्लामा प्रतिनिधि छनोट गरिसकिएको जानकारी दिए । अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै […]

Mar 27, 2025 - 01:17
 0
एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने

कैलाली । नेकपा एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते कैलालीको धनगढीमा हुने भएको छ ।

धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका नौ जिल्लामा प्रतिनिधि छनोट गरिसकिएको जानकारी दिए । अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै विभिन्न समिति गठन गरिएको उनले बताए ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत पदाधिकारीको सहभागिता रहने बताए । उनले आफ्नो पार्टी विपक्षमा रहे पनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

प्रदेशमा एकीकृत समाजवादीका १७ हजार ६७९ जना सङ्गठित सदस्य रहेको र प्रथम प्रदेश अधिवेशनमा करिब पाँच सय जना सहभागी रहने त्यस अवसरमा जानकारी दिइयो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register