२ अर्ब ९६ लाख बढीको सट्टेबाजी खेलाउने ११ भारतीय पक्राउ

काठमाडौं । नेपालमा बसेर अवैध रूपमा अनलाइन जुवा (सट्टेबाजी) खेलाउने ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूले अनलाइनमार्फत अवैध रूपमा २ अर्ब ९६ लाख रुपियाँभन्दा बढी रकमको अनलाइन जुवा खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको अभियागमा पक्राउ गरिएको सो कार्यालयले जानकारी […]

Mar 27, 2025 - 01:31
 0
२ अर्ब ९६ लाख बढीको सट्टेबाजी खेलाउने ११ भारतीय पक्राउ

काठमाडौं ।

नेपालमा बसेर अवैध रूपमा अनलाइन जुवा (सट्टेबाजी) खेलाउने ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूले अनलाइनमार्फत अवैध रूपमा २ अर्ब ९६ लाख रुपियाँभन्दा बढी रकमको अनलाइन जुवा खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको अभियागमा पक्राउ गरिएको सो कार्यालयले जानकारी दिएको छ । उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–३ देउवा टोलस्थित एक घर भाडामा लिई अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको थियो ।

प्रहरीले भारतीय नागरिकहरू सनी मिणा, मोहित वर्मा, पिउस भारद्वाज, हरकेश डडैया, निशांत भारद्वाज, आकाश बर्मा, अंकितकुमार सैनी, सञ्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकास कुमारलाई पक्राउ गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register