आज कतै वर्षा त कतै हिमपातको सम्भावना

झापा, १४ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको [...] The post आज कतै वर्षा त कतै हिमपातको सम्भावना appeared first on Jhapa Online.

Mar 27, 2025 - 02:24
 0
आज कतै वर्षा त कतै हिमपातको सम्भावना

झापा, १४ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

आज बिहान कोसी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरि कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने अनुमान महाशाखाको छ। त्यसको असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।

The post आज कतै वर्षा त कतै हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register