इलामको साङ्गरुम्वाबासीको खानेपानीको दुःख अन्त्य

इलाम, ६ फागुन । लामो समयदेखि पानीको समस्या भोग्दै आएका इलाम नगरपालिका वडा १२ स्थित साङ्गरुम्वामा व्यवस्थित रुपमा खानेपानी वितरण भएपछि खानेपानीको अभाव अन्त्य भएको छ । विकासको दृष्टिले समेत पछाडि परेको यस क्षेत्रमा नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना निमार्ण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको स्थानीय बताउँछन् । [...] The post इलामको साङ्गरुम्वाबासीको खानेपानीको दुःख अन्त्य appeared first on Jhapa Online.

Feb 18, 2025 - 13:37
 0
इलामको साङ्गरुम्वाबासीको खानेपानीको दुःख अन्त्य

इलाम, ६ फागुन । लामो समयदेखि पानीको समस्या भोग्दै आएका इलाम नगरपालिका वडा १२ स्थित साङ्गरुम्वामा व्यवस्थित रुपमा खानेपानी वितरण भएपछि खानेपानीको अभाव अन्त्य भएको छ ।

विकासको दृष्टिले समेत पछाडि परेको यस क्षेत्रमा नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना निमार्ण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको स्थानीय बताउँछन् । पानी जोहो गर्न काम नै छोडेर लाग्नु पर्ने छिमेकीसँग पनि पानीकै कारण मनमुटाब हुने गरेको सुनाउँदै स्थानीय शान्ता विष्टले पानीको सुविधा घरमा आएपछि दैनिकी सहज भएको बताउनुभयो ।

अहिले पानी बनाउन जानु नपर्ने, घरघरमा धारा भएपछि सागसब्जी उत्पादन गर्न र अन्य काम गर्न समय बचत भएको विष्ट बताउनुहुन्छ । सधैँ खाई आइरहेका पानी सुक्दै गएपछि यस बस्तीमा पानीको अभाव हुँदै आएको नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना उपभोक्ता समितिका सचिव निशा प्रसाईँले बताउनुभयो । भविष्यमा पानी अभाव हुन नदिन मुहान संरक्षणको काम गरिएको उहाँको भनाई छ ।

सुख्खा क्षेत्रको रुपमा रहेको यस बस्तीमा खानेपानीको लागि प्रयोग गरेपछि साग सब्जीमा लगाउन र गाई वस्तुलाई खुवाउन सहज भएको स्थानीय रघुवीर विष्टले बताउनुभयो । खानेपानी योजना सम्पन्न गर्न १७ लाख ५४ हजार ८६४ रुपैंया खर्च भएको छ । इलाम नगरपालिका वडा नं १२ बाट ५ लाख , सहयात्रा नेपालबाट ५ लाख, फेण्डस अफ युके बाट १ लाख ७० हजार र उपभोक्ता बाट ५ लाख ८४ हजार रुपैयाँको बराबरको स्थानीय सामग्री जुटाउन र श्रमदान भएको उपभोक्ता समिति अध्यक्ष सृजना चौहानले बताउनुभयो ।

जलवायु परिवर्तन र जथाभाबी गरिएको विकास निमार्णका कारण पानीका श्रोतहरू सुक्दै गएको कारण मुहान संरक्षण कार्यक्रम अन्तर्गत टेवाको अनुदान र स्थानीय सरकारको अनुदानमा खानेपानी आयोजना सम्पन्न गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनुभयो ।

खानेपानीको मुहान निजी जग्गामा रहेकोले स्थानीय नरेन्द्र चौलागाईले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको छ । १६ हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङ्की निमार्ण गरी घर घरमा धारा जडान गरिएको छ । यस योजना बाट २८ घरपरिवारका १ सय ८ जना लाभान्वित भएका छन् ।

The post इलामको साङ्गरुम्वाबासीको खानेपानीको दुःख अन्त्य appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register