चरिकोटमा १० करोड बज्रगुरु मन्त्रजप सुरु

दोलखा।  सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आईतवारबाट १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सुरु भएको छ । कार्यक्रमको शुभारम्भ खेम्पो साङ्गे रिनजिङ रेन्पोचेले गरेका थिए। कार्यक्रमको संयोजन गरिरहेका  छम्बा गुम्बा तथा यार्जाङ्ग गुम्बा व्यवस्थापन समिति मार्वुका खम्पो पेमा छिरी शेर्पाको सभापतित्वमा भएको कार्यक्रम शुभारम्भको अवसरमा बागमति प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले, पूर्व सूचना तथा […]

Mar 30, 2025 - 17:44
 0
चरिकोटमा १० करोड बज्रगुरु मन्त्रजप सुरु

दोलखा। 

सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आईतवारबाट १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सुरु भएको छ । कार्यक्रमको शुभारम्भ खेम्पो साङ्गे रिनजिङ रेन्पोचेले गरेका थिए।

कार्यक्रमको संयोजन गरिरहेका  छम्बा गुम्बा तथा यार्जाङ्ग गुम्बा व्यवस्थापन समिति मार्वुका खम्पो पेमा छिरी शेर्पाको सभापतित्वमा भएको कार्यक्रम शुभारम्भको अवसरमा बागमति प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले, पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ, बागमति प्रदेशका सांसद भरतबहादुर केसी, पुर्व प्रदेश मन्त्री विशाल खड्का, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, टुल्कु नावाङ लावसाङ रिन्पोचे, खेम्पो यसी साङ्पो रेन्पोचे, टुल्कु साङडाक रेन्पोचे लगायतको सहभागिता रहेको थियो । 

चैत्र २६ गतेसम्म सञ्चालन हुने बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजामा पाँच सय जना लामा र पाँच सय जना गृहस्थी समूह गरी एक हजार जनाले बज्रगुरु मन्त्रजप गर्ने १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा आयोजना व्यवस्थापन समितिका संयोजक समेत रहेका खेम्पो पेमा छिरी शेर्पाले बताए । 

कार्यक्रम आयोजना हुने १० दिनको अवधिमा गुरु पद्य सम्भवको अभिषेक (वाङ) र बज्रगुरु मन्त्रजप, गुरु पद्य सम्भवको मन्त्रजप, मोन्लाम पूजापाठ तथा दैनिक धार्मिक प्रवचन, गणचक्र पूजा, अमिताभ बुद्धको आयु अभिषेक लगायतका कार्यक्रम हुने खेम्पो पेमा छिरी शेर्पाले बताए । 

गुरु पद्य सम्भवबारे विद्धानहरुको बिभिन्न मत रहेको पाइन्छ । एकथरी भनाई अनुसार गुरु पद्य सम्भव बौद्ध परम्परामा कमलको फुलबाट उत्पन्न भएपछि ओडियानका राजा इन्द्रभूतिले पालन पोषण गरेका थिए । उनलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा गुरु रेन्पोछे को नामले पुर्काने गरिन्छ । गुरु पद्य सम्भवले नेपालको फार्पिङ स्थित असुर गुफा, खोटाङको हलेसी मारातीका गुफा, हेलम्बु, मुस्ताङ आदी ठाँउमा ध्यान– साधना गरेको  विश्वास गरिन्छ । 

चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु बुद्धधर्म प्रचार र बुद्धको सिद्धान्त अनुसरणमा अब्बल रहेकोले १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा दोलखामा आयोजना गर्न लागिएको खेम्पो पेमा छिरी शेर्पाको भनाई छ । 

१० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा खुम्बु क्षेत्रबाट सुरु गरिएको र यसलाई पछिल्लो समय सिन्धुपाल्चाोक, रामेछाप, दोलखामा विस्तार गरिएको खेम्पो पेमा छिरी शेर्पाले बताए । १७ औ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सोलुखुम्बु जिल्लाको दुधकोशी गाँउपालिका वडा नम्बर– ९ स्थित देक्षेन क्ष्योलिङ गोन्पोमा आयोजना गरिएको उनले बताए । 

दोलखामा सुरु गरिएको बज्रगुरु मन्त्रजप कार्यक्रमको मुख्य उद्देश्य विश्वशान्तिको कामना गर्दै दोलखाको पर्यटन प्रवर्द्धन गर्ने, दोलखामा रहेका धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने, रोगव्याधि, अनिकाल, झैझगडा, दैविक प्रकोप आदी नहोस भनि कामना गर्ने, सभ्य र नैतिकवान् समाजको विकास गर्ने रहेको खेम्पो पेमा छिरी शेर्पाले बताए ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register