ताप्लेजुङमा ७३ मेगावट क्षमताको विद्युत उत्पादन ठप्प
साहारा लिम्बूफुङलिङ, १९ चैत । ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो । आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी [...] The post ताप्लेजुङमा ७३ मेगावट क्षमताको विद्युत उत्पादन ठप्प appeared first on Jhapa Online.

साहारा लिम्बू
फुङलिङ, १९ चैत । ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो ।
आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै विद्युत् उत्पादनको कार्यलाई सुरु गर्ने गरी निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ ।
बर्खायामको समयमा आएको बाढी पसेर ड्यामसाइडमा क्षति पुर्याएको थियो । जसका कारण क्षमता अनुसारको उत्पादन नभएकाले मर्मतको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ ।
करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत् कोशी कोरिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।
The post ताप्लेजुङमा ७३ मेगावट क्षमताको विद्युत उत्पादन ठप्प appeared first on Jhapa Online.
What's Your Reaction?






