हजारौँ भोलुन्टिर्यस खटाइसकियो, मलाई थुने आन्दोलन निर्णायक बन्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई प्रहरीले पक्राउ गरे राजावादी आन्दोलन निर्णायक बन्ने बताएका छन् । चैत २६ (भोलि) गते राप्रपाले आयोजना गरेको राजावादी आन्दोलनका विषयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले शान्तिपूर्ण प्रदर्शन हुने भन्दै हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको बताए । ‘यदि मलाई थुनियो भने मबिना पनि आन्दोलन अघि बढेर […]

Apr 7, 2025 - 15:27
 0
हजारौँ भोलुन्टिर्यस खटाइसकियो,  मलाई थुने आन्दोलन निर्णायक बन्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई प्रहरीले पक्राउ गरे राजावादी आन्दोलन निर्णायक बन्ने बताएका छन् ।

चैत २६ (भोलि) गते राप्रपाले आयोजना गरेको राजावादी आन्दोलनका विषयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले शान्तिपूर्ण प्रदर्शन हुने भन्दै हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको बताए ।

‘यदि मलाई थुनियो भने मबिना पनि आन्दोलन अघि बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ,’ लिङदेनले भने, ‘मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ ।’

भद्र अवज्ञा र सत्याग्रहका रूपमा आन्दोलन अघि बढाउने बताएका लिङदेनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई समेत सहभागिताका लागि अपिल गरे ।

‘आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । आफ्नो पार्टीको झण्डा लिएर आउन मन लागे ल्याउन सक्नुहुन्छ, नत्र राष्ट्रिय झण्डा बोकेर आउनुस,’ लिङदेनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा पनि देशलाई माया गर्नेहरु हुनुहुन्छ । तपाईंहरु आफ्नो पार्टीको झण्डा लिएर आउनुस् ।’

लिङदेनले राज्य पक्षबाट हिंसा भड्काउने कार्य हुने सक्ने भएकाले सचेतता पूर्वक हजारौं भोलिन्टियर्सलाई जनप्रदर्शनका लागि खटाइसकेको जानकारी लिङदेनले दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register