पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । मङ्गलबार पञ्जाबमा भएको खेलमा घरेलु टोलीले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएको हो । पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रनमा सीमित भयो । डेभन कनवेले अर्धशतकसहित सर्वाधिक ६९ रन बनाएपनि […]

Apr 9, 2025 - 02:52
 0
पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । मङ्गलबार पञ्जाबमा भएको खेलमा घरेलु टोलीले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएको हो ।

पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रनमा सीमित भयो । डेभन कनवेले अर्धशतकसहित सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

पञ्जाबका लकी फर्गुसनले २ तथा ग्लेन म्याक्सवेल र यश ठाकुरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । ओपनर प्रियान्श आर्याले शानदार शतक बनाए । ३९ बलमै शतक पूरा गरेका उनले बलमा ७ चौका र ९ छक्कासहित ४२ बलमा १०३ रन बनाएका हुन् । शशाङ्क सिंह अर्धशतकसहित ५२ रनमा अविजित रहे ।

मार्को जानसेन १९ बलमा ३४ रनमा नटआउट रहे । चेन्नईका खलील अहमद र रविचन्द्रन आश्विनले २–२ विकेट लिए ।

पञ्जाबले ४ खेलमा तेस्रो जित निकालेको हो । यस जितसँगै ४ खेलमा ६ अङ्क जोडेको पञ्जाब अङ्कतालिकामा चौथो स्थानमा उक्लिएको छ ।

यता ५ खेलमा २ अङ्क मात्र रहेको चेन्नई नवौं स्थानमा छ । चेन्नईको यो पाँचौं खेलमा चौथो हार हो ।

बैङ्लोरले १० वर्षपछि मुम्बईलाई वानखेडेमा हरायो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register