दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री हान डक–सुले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मार्शल ल घोषणा गरी फिर्ता लिन बाध्य भएका तत्कालीन राष्ट्रपति युन सुक योललाई पदबाट हटाइएपछि यो निर्णय आएको हो । पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरे तर सांसदहरूले तुरुन्तै महाभियोग लगाएर पदबाट […]

Apr 9, 2025 - 02:34
 0
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री हान डक–सुले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् ।

मार्शल ल घोषणा गरी फिर्ता लिन बाध्य भएका तत्कालीन राष्ट्रपति युन सुक योललाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।

पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरे तर सांसदहरूले तुरुन्तै महाभियोग लगाएर पदबाट निलम्बन गरेका थिए । यसपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।

सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हानले मङ्गलबार बताए ।

यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले उल्लेख गरे ।

नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरेका छन् । संवैधानिक अदालतले उनको आफ्नै महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका छन् ।

राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ । तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन ।

आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ ।

विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहेका छन् । पछिल्लो ग्यालप सर्वेक्षणअनुसार उनको समर्थन दर ३४ प्रतिशत रहेको छ ।

उनको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register