अछाममा आगलागीबाट २७ घर जलेर नष्ट, सात करोडभन्दा बढीको क्षति
अछाम । जिल्लाको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड पैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन […]

अछाम । जिल्लाको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड पैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए ।
What's Your Reaction?






