अमेरिकाले भन्यो – बल चीनको कोर्टमा छ

काठमाडौं । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग व्यवहार गर्नुपर्छ, हामीले उनीहरूसँग व्यवहार गर्नुपर्दैन ।” यो भनाइ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हो, जुन ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले मङ्गलबार पत्रकार सम्मेलनमा पढेर सुनाइन् । विज्ञप्तिमा भनिएको छ, “चीनले चाहेको कुरा हामीसँग छ : अमेरिकी उपभोक्ताहरू ।” प्रवक्ता लेविटले भनिन्, “राष्ट्रपतिले फेरि एक पटक स्पष्ट […]

Apr 16, 2025 - 06:57
 0
अमेरिकाले भन्यो – बल चीनको कोर्टमा छ

काठमाडौं । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग व्यवहार गर्नुपर्छ, हामीले उनीहरूसँग व्यवहार गर्नुपर्दैन ।”

यो भनाइ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हो, जुन ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले मङ्गलबार पत्रकार सम्मेलनमा पढेर सुनाइन् ।

विज्ञप्तिमा भनिएको छ, “चीनले चाहेको कुरा हामीसँग छ : अमेरिकी उपभोक्ताहरू ।”

प्रवक्ता लेविटले भनिन्, “राष्ट्रपतिले फेरि एक पटक स्पष्ट पार्नुभएको छ कि उनी चीनसँग व्यवहार गर्न इच्छुक छन्, तर चीनले अमेरिकासँग व्यवहार गर्नुपर्छ ।”

चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनका अधिकारीहरूले आफ्ना व्यापारिक सहयोगीहरूलाई अमेरिकी भन्सार शुल्क विरुद्ध एकताबद्ध हुन र “अन्तसम्म लड्ने” वाचा गर्न आग्रह गरेका छन् । तर, चीनले अमेरिकासँग वार्ताको लागि “ढोका खुला” रहेको पनि बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register