अल्झियो गभर्नर नियुक्तिको प्रक्रिया, बस्न सकेन समितिको बैठक !  

काठमाडौँ । गभर्नर को बन्ने ? भन्ने विषय टुंगो लागिसकेको चर्चा चलिसक्दा पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया अल्झिएको छ ।  अघिल्लो साता मात्रै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच गभर्नरको विषयमा सहमति भइसकेको चर्चा चलेको थियो । यतिसम्म की सहमति भएको भोलिपल्टै सरकारले गभर्नर […]

Apr 21, 2025 - 08:33
 0
अल्झियो गभर्नर नियुक्तिको प्रक्रिया, बस्न सकेन समितिको बैठक !  

काठमाडौँ । गभर्नर को बन्ने ? भन्ने विषय टुंगो लागिसकेको चर्चा चलिसक्दा पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया अल्झिएको छ । 

अघिल्लो साता मात्रै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच गभर्नरको विषयमा सहमति भइसकेको चर्चा चलेको थियो । यतिसम्म की सहमति भएको भोलिपल्टै सरकारले गभर्नर नियुक्तिको तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको थियो । 

तर, सम्पूर्ण तयारी सकिएको स्रोतले दाबी गर्दा पनि गभर्नर नियुक्ति प्रक्रिया भने सहमतिपछि अघि बढ्न सकेको छैन । देउवा-ओली सहमतिपछि नै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंकबाट राजिनामा दिएका थिए । यद्यपि उनको राजिनामा भने स्वीकृत भएको छैन । 

अर्कोतर्फ गभर्नर बन्न योग्यता नपुग्ने दाबीसहित भट्टको योग्यताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोही विषयलाई लिएर एमालेले गभर्नर नियुक्तिको प्रक्रिया अल्झाएको काँग्रेसका एक नेताले बताएका छन् । ‘हाम्रो सभापति र प्रधानमन्त्रीबीच गभर्नरका विषयमा सहमति भइसकेको थियो । गभर्नर कसलाई बनाउने ? भन्ने विषय पनि टुँगो लागिसकेको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती नेताले भने, ‘तर त्यही बेला सभापतिज्युले सिफारिस गरेका व्यक्तिको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा निवेदन पर्यो । त्यही विषयलाई लिएर एमालेले गभर्नर नियुक्ति प्रक्रिया अल्झाएर राखेको छ ।’  

यसो त राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अघि नै गभर्नर नियुक्ति भइसक्नुपर्ने हो । तर, राजनीतिक दलबीचको अन्तरद्वन्दका कारण अहिलेसम्म पनि गभर्नर नियुक्त गरिएको छैन । राष्ट्र बैंकको गभर्नर पद चैत २२ गतेदेखि रिक्त छ । यही स्थिति रहे राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै लम्बिने काँग्रेसी नेताहरुले दाबी गरेका छन् ।

अर्कोतर्फ राजनीतिक अन्तरद्वन्दकै कारण गभर्नर नियुक्तिका लागि चैत ११ गते गठन गरिएको सिफारिस समितिको बैठक अझै पनि बस्न सकेको छैन । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको उक्त समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल र राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य छन् । हाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानाले सम्हालेकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register