भट्टको राजिनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन, उनैलाई गभर्नर बनाउने सरकारको तयारी !

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई भट्टले दिएको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।  नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा भट्टलाई गभर्नर […]

Apr 28, 2025 - 04:14
 0
भट्टको राजिनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन, उनैलाई गभर्नर बनाउने सरकारको तयारी !

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई भट्टले दिएको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् । 

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति भएको खबर बाहिरिएपछि भट्टले राष्ट्र बैंकबाट राजिनामा दिएका थिए । तर, भट्टको राजिनामा हालसम्म पनि स्वीकृत भएको छैन ।

गभर्नर बन्ने पक्काजस्तै भएपछि गभर्नर बन्न योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । सोही मुद्दालाई देखाउँदै एमालेले गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई गरिरहेको थियो भने कामु गभर्नर ढुंगानाले राजिनामा स्वीकृत गरेकी थिइनन् । अर्कोतर्फ ढुंगाना आफैँमा गभर्नरको आकांक्षी हुन् । भट्टको राजिनामा स्वीकृत नहुनुमा यो पनि अर्को कारण हुनसक्ने आशंका गरिएको छ । 

यद्यपि अर्थमन्त्रीले नै निर्देशन दिएपछि अब भने भट्टको राजिनामा स्वीकृत हुनसक्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्कोतर्फ शुक्रबार साँझ भएको देउवा-ओली भेटमा भएको सहमतिपछि अर्थमन्त्रीले यस्तो निर्देशन दिएको चर्चा पनि राजनीतिक वृत्तमा छ ।

छलफलमा गभर्नरका विषयमा छलफल भए पनि कसलाई बनाउने भन्ने ? खुलाइएको छैन । यद्यपि भट्टको राजिनामा स्वीकृत गराएर काँग्रेसले भने बमोजिम भट्टलाई नै राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको चर्चा पनि चलेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register