कनकाईका १२ जना कृषकलाई राइस ड्रम सिडर मेसिन

चन्द्र बस्नेतकनकाई, १५ वैशाख । झापाको कनकाई नगरपालिकाले कृषकलाई राइस ड्रम सिडर (धानको बीउ रोप्ने) मेसिन वितरण गरेको छ । धान उत्पादन बृद्धसँगै कृषिमा प्रविधिको प्रयोग बढाउने उद्देश्यले आज यहाँका १२ जना कृषकलाई राइस ड्रम सिडर मिसिन वितरण गरेको हो । ३० हजार रुपैयाँभन्दा बढी पर्ने उक्त मेसिन नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत [...] The post कनकाईका १२ जना कृषकलाई राइस ड्रम सिडर मेसिन appeared first on Jhapa Online.

Apr 28, 2025 - 15:42
 0
कनकाईका १२ जना कृषकलाई राइस ड्रम सिडर मेसिन

चन्द्र बस्नेत
कनकाई, १५ वैशाख ।
झापाको कनकाई नगरपालिकाले कृषकलाई राइस ड्रम सिडर (धानको बीउ रोप्ने) मेसिन वितरण गरेको छ ।

धान उत्पादन बृद्धसँगै कृषिमा प्रविधिको प्रयोग बढाउने उद्देश्यले आज यहाँका १२ जना कृषकलाई राइस ड्रम सिडर मिसिन वितरण गरेको हो । ३० हजार रुपैयाँभन्दा बढी पर्ने उक्त मेसिन नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत सहभागितामा वितरण गरिएको हो ।

कृषि उकरण वितरण गर्नुहुँदै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

उहाँले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभयो । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका गर्दै कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ । उहाँले पाएको सुविधालाई सही सदुपयोग गर्दै अग्र्यानिक खेतीमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेलेले रोजगारीका लागि विदेशीने युवाहरूलाई स्वदेशमा नै कृषिको माध्यमबाट आत्मनिर्भर र दिगोपना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न कृषकलाई आग्रह गर्नुभयो ।

कार्यक्रमा वडा नं. १ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, कर्मचारी, टोल संयोजक, कृषक समूहका प्रतिनिधि, अगुवा कृषक लगायतको उपस्थिति रहेको थियो ।

नगर कृषि शाखा प्रमुख सोमिता सोतिको मेसिनको बारेमा जानकारी गराउँदै रोप्ने तरिका सहित फाइदाका बारेमा जानकारी दिनुभएको थियो । नगरपालिकाले यसअघि सिँचाइ मोटर, तरकारी खेती गर्ने कृषकलाई टनेल, बीउ–बिजन, स्प्रे ट्याङ्की लगायतका सामग्रीमा प्रदान गर्दै आएको कृषि शाखाकी कर्मचारी लक्ष्मी राईले बताउनुभयो ।

The post कनकाईका १२ जना कृषकलाई राइस ड्रम सिडर मेसिन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register