सिरहामा नेपाल-पाकिस्तान मित्र पार्कको विरोध

सिरहा । जिल्लाको गोलबजारमा निर्माण गर्ने भनिएको नेपाल-पाकिस्तान मित्र पार्कको विरोध भएको छ । मित्र पार्कको विरोधमा उत्रिएको धर्मराज हिन्दू सेनाले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुत्लासमेत दहन गरेको थियो । भारतको पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली युवा सुदीप न्यौपाने मारिएका थिए । आतङ्ककारीले नाम र धर्म सोध्दै हत्या गरेका थिए । यो हमलामा पाकिस्तानको […]

May 2, 2025 - 06:55
 0
सिरहामा नेपाल-पाकिस्तान मित्र पार्कको विरोध

सिरहा । जिल्लाको गोलबजारमा निर्माण गर्ने भनिएको नेपाल-पाकिस्तान मित्र पार्कको विरोध भएको छ ।

मित्र पार्कको विरोधमा उत्रिएको धर्मराज हिन्दू सेनाले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुत्लासमेत दहन गरेको थियो ।

भारतको पहलगाममा भएको आतङ्कवादी हमलामा नेपाली युवा सुदीप न्यौपाने मारिएका थिए । आतङ्ककारीले नाम र धर्म सोध्दै हत्या गरेका थिए । यो हमलामा पाकिस्तानको संलग्नता रहेको भारतको आरोप छ । यही कारण देखाउँदै धर्मराज हिन्दू सेनाले मित्र पार्कको विरोध गरेको हो ।

प्रदर्शनकारीले ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजना खारेज गर्नुपर्ने नारा लगाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register