कांग्रेसले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने

१२ माघ, काठमाडौं । सरकारले ल्याएको अध्यादेशको नेपाली कांग्रेसले सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, कांग्रेसबाट बनेका मन्त्रीहरूको बैठकले अध्यादेश बारे आफ्ना सांसदहरुसंग सघन ढंगले छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान […]

Jan 25, 2025 - 12:23
 0
कांग्रेसले सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने

१२ माघ, काठमाडौं । सरकारले ल्याएको अध्यादेशको नेपाली कांग्रेसले सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, कांग्रेसबाट बनेका मन्त्रीहरूको बैठकले अध्यादेश बारे आफ्ना सांसदहरुसंग सघन ढंगले छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

डा. महतका अनुसार अध्यादेश बारे संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने कांग्रेसको तयारी छ ।

बैठकमा सरकारको काम बारे समेत मन्त्रीहरूले जानकारी गराएका थिए । प्रवक्ता महतले विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्नेगरी छलफल गर्ने बताए ।

डा. महतले संविधान संशोधन बिषयलाई छिटो अघि बढाउन सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढ्ने जानकारी आएको बताए ।

बैठकमा कांग्रेस सभापति शेर बहादुुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिएका थिए । अध्यादेश लगायतका बिषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register