विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै  धर्ना, माग नसुने कडा आन्दोलन गर्ने चेतावनी

बुटवल।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै बुधवार विमानस्थल अगाडी १ घण्टा धर्ना प्रदर्शन गरिएको छ ।  विमानस्थल सञ्चालन नहुँदा यहाँका व्यवसायीहरुले भोगेका समस्यालाई गायिका गंगा घिमिरेले गीत गाएर पीडा सुनाएकी थिइन् । विमानस्थल सञ्चालनको आशामा ठूलो लगानी लगाएका लगानीकर्ताहरूको पिरलाई समेटेर गाईएको गीतले बोलिरहेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले दिएको […]

May 7, 2025 - 14:47
 0
विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै  धर्ना, माग नसुने कडा आन्दोलन गर्ने चेतावनी

बुटवल। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै बुधवार विमानस्थल अगाडी १ घण्टा धर्ना प्रदर्शन गरिएको छ । 

विमानस्थल सञ्चालन नहुँदा यहाँका व्यवसायीहरुले भोगेका समस्यालाई गायिका गंगा घिमिरेले गीत गाएर पीडा सुनाएकी थिइन् । विमानस्थल सञ्चालनको आशामा ठूलो लगानी लगाएका लगानीकर्ताहरूको पिरलाई समेटेर गाईएको गीतले बोलिरहेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले दिएको वाचा पुरा नगरेको भन्दै निजिक्षेत्र फेरि आन्दोलित भएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थल देखेर लगानी गरेकाको लगानी डुब्ने जोखिम बढेको उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्व अध्यक्ष, नारायण प्रसाद भण्डारी गुनासो गरे । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासीनताको कारण यहाँ  ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य गुनासो गरे । 

सरकारले पटक पटक विमानस्थल सञ्चालन गर्ने वाचा दिए पनि त्यो पुरा गराउन नसकेको व्यवसायीहरुको आरोप रहेको छ । विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार श्रोतको व्यवस्थापन गर्न निजी क्षेत्रले माग राखेका छन् । यसबारे ज्ञापन पत्र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने पूर्व निर्धारित कार्यक्रम थियो । तर महाप्रबन्धक ज्ञापनपत्र बुझ्न बाटोमा नआएपछि व्यवसायीहरू आक्रोशित भएका थिए । 

आन्दोलित व्यवसायीहरुले ज्ञापनपत्र सञ्चारकर्मीहरुमाझ सार्वजनिक गरे । ज्ञापन पत्रमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गरिनुपर्नेे माग सारेका छन् । निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने निति तथा सहजीकरण कर छुट, सेवा शुल्क छुट गर्न र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शीघ्र समाधान गर्न माग गरिएको छ ।

विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने माग पुरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी व्यवसायीले दिएका छन् । उद्योग व्यापार संगठन , चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा भएको धर्ना कार्यक्रमलाई विभिन्न संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register