ढुकुटी रित्तिने डरले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याउने तयारी !

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । वृद्धभत्ता पाउने उमेर घटाउने र रकम बढाउँदा ढुकुटीमा पैसा छिटो सकिने भन्दै सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको हो ।  अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको छ ।  बजेटमार्फत वृद्धभत्ता पाउने उमेर […]

May 18, 2025 - 05:06
 0
ढुकुटी रित्तिने डरले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याउने तयारी !

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । वृद्धभत्ता पाउने उमेर घटाउने र रकम बढाउँदा ढुकुटीमा पैसा छिटो सकिने भन्दै सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको हो । 

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । 

बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० वर्ष वा सो भन्दा माथि पुर्याउने तयारी गरिएको स्रोतको दाबी छ । हाल भने ६८ वर्ष पूरा भएका सबै वृद्ध नागरिकहरुले मासिक ४ हजार रुपैयाँका दरले वृद्ध भत्ता पाउँदै आएका छन् । 

साबिकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक देशभरका दलित नागरिकले भने ६० वर्ष उमेर पूरा भएसँगै मासिक २ हजार ६ सय ६० रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् । हालसम्म नेपालमा वृद्धभत्ता पाउनेको संख्या १६ लाख ९२ हजार १ सय ६३ छ । दलित वृद्धभत्ता पाउने लाभग्राही १ लाख ६३ हजार ७६ छन् । ज्येष्ठ नागरिक एकल महिला भत्ता बुझ्ने लाभग्राही १ लाख ६९ हजार ६ सय ८९, ज्येष्ठ नागरिक तोकिएको क्षेत्र (कर्णाली) भत्ता बुझ्ने १७ हजार २ सय ४३, विधवा ४ लाख १३ हजार ८ सय ६४ र क्षेत्र तोकिएका बालबालिका ७ लाख ४७ हजार ९४ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register