‘गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ’ -सांसद हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् । उनले भिजिट भिसाको नाममा भइरहेको सङ्गठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामासमेत माग गरेका हुन् । सांसद ढकालले सदनमा बोल्दै भने, ‘आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर लाखौं युवा तस्करको जालमा परेका […]

Jun 19, 2025 - 09:01
 0
‘गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ’ -सांसद हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् । उनले भिजिट भिसाको नाममा भइरहेको सङ्गठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामासमेत माग गरेका हुन् ।

सांसद ढकालले सदनमा बोल्दै भने, ‘आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर लाखौं युवा तस्करको जालमा परेका छन् । तर सरकारले हाम्रो आवाज सुन्ने प्रयाससमेत गरेको छैन ।’

उनले गृहमन्त्रीमाथि भूइँमान्छेहरुको आवाजमाथि कटाक्ष गरेको आरोप पनि लगाए । ‘गृहमन्त्रीज्यूले सदनमा आएर भूइँमान्छेप्रति तिरस्कार जनाउनुभयो,’ उनले भने, ‘तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो भन्ने प्रश्नको जवाफ उहाँसँग छैन ।’

ढकालले अख्तियारले ताकेता गरेपनि विमानस्थलमा रहेको मानव तस्करी र्याकेटमाथि अनुसन्धान सुरु नगर्नु, अनावश्यक कर्मचारी थप्नु र गृहमन्त्रीकै सचिवालयका कर्मचारी सरुवा हुनु जस्ता विषयमा सरकार मौन बसेको बताए ।

उनले डिआइजी सरुवा प्रकरणमा पनि गृहमन्त्रीले जवाफ नदिएको उल्लेख गरे । ‘यस्तो गम्भीर विषय लिएर हामी आन्दोलित हुँदा सरकार चुप छ’ उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म र गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ ।’

रास्वपाले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, त्यसमा संलग्न नेटवर्कको अनुसन्धान, र गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register