सर्वसाधारणका लागि खुल्यो नौतले दरबार (तस्वीरहरू)

काठमाडौं । वसन्तपुरस्थित नौतले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज (मंगलबार) दरबारको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौतले दरबार वरपर घुम्न […]

May 20, 2025 - 14:30
 0
सर्वसाधारणका लागि खुल्यो नौतले दरबार (तस्वीरहरू)

काठमाडौं । वसन्तपुरस्थित नौतले दरबार औपचारिक रुपमा उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज (मंगलबार) दरबारको उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौतले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र संग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौतले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाका बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

दोस्रो र तेस्रो तलामा संग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इँट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिने छ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register