विश्व पौडेल गभर्नर नियुक्त

काठमाडौं । डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले उनको नाम एक नम्बरमा राखेर सूची मन्त्रिपरिषद्‌मा पठाएको थियो । जस अनुसार, पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव […]

May 20, 2025 - 14:30
 0
विश्व पौडेल गभर्नर नियुक्त

काठमाडौं । डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले उनको नाम एक नम्बरमा राखेर सूची मन्त्रिपरिषद्‌मा पठाएको थियो । जस अनुसार, पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।

यससँगै राष्ट्र बैङ्कमा डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदमा नियुक्ति भएको छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरे पनि सत्तारुढ दल नेपाली काँग्रेस र एमालेबीच सहमति जुट्न सकेको थिएन । आजै प्रधानमन्त्री ओली र सत्ता साझेदार दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।

पौडेल कांग्रेसको कोटामा गभर्नर बनेका हुन् । त्यसअघि कांग्रेसले डा. गुणाकर भट्टलाई गभर्नर बनाउन खोजेको थियो । तर उनको राजीनामा स्वीकृत नभएपछि पौडेलले अवसर पाएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register