गाउं फर्किएका भूतपूर्व ब्रिटिश लाहुरे पुनको समाजसेवा वृत्तचित्रमा

काठमाडौं । बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खा चामबहादुर पुनको समाजसेवामूलक जीवन यात्रामा आधारित वृत्तचित्र निर्माण भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरियो । पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको ‘चामबहादुर पुन, एन एक्जेप्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’ वृत्तचित्र १७ मिनेट लामो छ । वृत्तचित्र म्याग्दीको करबाकेली क्षेत्रको धार्मिक, सामाजिक र पर्यटन विकासमा […]

May 22, 2025 - 05:13
 0
गाउं फर्किएका भूतपूर्व ब्रिटिश लाहुरे पुनको समाजसेवा वृत्तचित्रमा

काठमाडौं । बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खा चामबहादुर पुनको समाजसेवामूलक जीवन यात्रामा आधारित वृत्तचित्र निर्माण भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरियो ।

पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको ‘चामबहादुर पुन, एन एक्जेप्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’ वृत्तचित्र १७ मिनेट लामो छ ।

वृत्तचित्र म्याग्दीको करबाकेली क्षेत्रको धार्मिक, सामाजिक र पर्यटन विकासमा पुनले दिएको योगदानमा केन्द्रित रहेको निर्देशक भादगाउँलेले बताए ।

बेलायती सेनामा १५ वर्ष र त्यसपछि ब्रुनाईमा १० वर्ष सेवा गरेका पुन हाल आफ्नै गाउँमा सामाजिक अभियानमा समर्पित छन्। सामाजिक अभियन्ता पुनले अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रमा करबाकेली थान, पुन सामुदायिक संग्रहालय, सामुदायिक पाहुनाघर तथा ‘करबाकेली इको ट्रेक’जस्ता परियोजना सञ्चालनमा ल्याएका छन्।

राधा पुन निर्माता रहेको वृत्तचित्रमा भवानी शिलाकारको सिनेम्याटोग्राफी र सुदीप श्रेष्ठको सम्पादन छ ।

प्रदर्शन समारोहमा मानवअधिकारकर्मी मोहना अन्सारी, निर्देशक भादगाउँले, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, निर्देशक रवी सायमी, सामाजिक अभियन्ता पुन र लेखक शेखर खरेलले वृत्तचित्रले जन्मथलोप्रतिको माया र योगदानको सन्देश दिने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register