बेलायतका पत्रकार मिलन तमुलाई रश्मोर बरोको कम्युनिटी अवार्ड

लन्डन- गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ)’प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड’बाट सम्मानित भएका छन्। फानबोरोस्थित भिलेज होटलमा शुक्रबार आयोजित समारोहमा प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा माकुनुराले कला र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै पूर्वगोर्खासमेत रहेका तमुलाई अवार्ड प्रदान गरेकी हुन् । अवार्ड ग्रहणपछि […]

Jun 14, 2025 - 12:04
 0
बेलायतका पत्रकार मिलन तमुलाई रश्मोर बरोको कम्युनिटी अवार्ड

लन्डन- गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ)’प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड’बाट सम्मानित भएका छन्।

फानबोरोस्थित भिलेज होटलमा शुक्रबार आयोजित समारोहमा प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा माकुनुराले कला र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै पूर्वगोर्खासमेत रहेका तमुलाई अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड ग्रहणपछि पत्रकार तमुले यसरी नेपालीहरु पनि प्राइड अफ रश्मोर कम्युनिटी अवार्डमा सहभागी हुन पाउँदा अत्यन्तै खुशी र गौरव लागेको प्रतिक्रिया दिए। उनले भने, ‘सरप्राइज्ड र प्राउड फिल भयो ।’

उनले आफ्नो कामलाई कदर गर्ने निर्णायक अनि अवार्ड संस्थापक माकानुरासहित सबैलाई धन्यवाद दिए ।

अवार्ड प्राप्त गर्ने तमु बेलायतको नेपाली समुदायमा कहलिएका फोटो पत्रकार हुन्। सैनिक सेवादेखि नै फोटोग्राफीमा लागेका तमुले अहिले सञ्चालन गरेको न्यूज पोर्टल गोर्खा मिडिया डटकम लोकप्रिय छ ।

कास्की रिवानमा जन्मिएका तमु रिटायर्ड लाइफमा हाल बेलायतमा नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघसहित विभिन्न संघ संस्थामा आबद्ध छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register