सडक निर्माण गुणस्तरहीन भएको स्थानीयको  आरोप

उदयपुर ।  विश्व बैकको ऋण सहयोगमा निर्माण भइरहेको त्रियुगा नगरपालिका भित्रको करिब १५ किलोमिटर सडक मध्ये हाल त्रियुगा नगरपालिका वडा नं ११ स्थित गाईघाट बजारमा निर्माण भइरहेको सडक गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन् । अशिर्वाद आशिष जेभीले करिब एक अर्बमा निर्माणको सम्झौता गरेको भए पनि काममा ढिलासुस्ती गरेको र गुणस्तरहीन काम भएको भनेर स्थानीयहरुले […]

May 22, 2025 - 17:22
 0
सडक निर्माण गुणस्तरहीन भएको स्थानीयको  आरोप

उदयपुर ।

 विश्व बैकको ऋण सहयोगमा निर्माण भइरहेको त्रियुगा नगरपालिका भित्रको करिब १५ किलोमिटर सडक मध्ये हाल त्रियुगा नगरपालिका वडा नं ११ स्थित गाईघाट बजारमा निर्माण भइरहेको सडक गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन् ।

अशिर्वाद आशिष जेभीले करिब एक अर्बमा निर्माणको सम्झौता गरेको भए पनि काममा ढिलासुस्ती गरेको र गुणस्तरहीन काम भएको भनेर स्थानीयहरुले सामाजिक सञ्जालमा प्रचार प्रसार गरेपछि नगरपालिका कार्यालयमा यस विषयमा व्यापक चर्चा र चासोको विषय बनेको छ । 

गाईघाट बजारको पिपलचोक वरपर, पिपलचोक उत्तरतर्फ, पूर्व तर्फ, पुरानो बसपार्क लाइन, पुरानो पेट्रोलपम्प लाइन, विद्युत प्राधिकरण लाइनमा हाल नाला निर्माण पश्चात सडक र्मिाणको काम भइरहेको छ  । सो सडकमा सडक निर्माणको मापदण्ड अनुसार माटो, गिटी, बालुवा तथा ग्राभेल पेलेर सडक बनाउनु पर्नेमा सो अनुरुप नभएको भन्दै स्थानीय निर्माण व्यवसायी तथा जनप्रतिनिधिहरुले नै सामाजिक सञ्जालमा वक्तव्यबाजी गरेको तथा अनावश्यक कुरा गरेकोमा त्रियुगा नगरपालिकाको ध्यानाकर्षण भएको छ । 

यस विषयमा त्रियुगा नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर निर्मल कुमार विश्वासले सामाजिक सञ्जालमा वा बाहिर आएको हल्ला जस्तो गरी मापदण्ड विपरित काम नभएको र जनप्रतिनिधिहरुले निर्माण सम्बन्धी काम हेरेर अरुको कुरा नसुनी आफूले अध्ययन गरेर मात्र बोल्नु पर्नेमा अध्ययन नगरी, सडक निर्माणको मापदण्ड हेरेर बोल्नु पर्ने बताए ।

यस विषयमा त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले बाहिर सडक निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, सडक निर्माणको मापदण्ड अनुसार काम नभएको भन्ने गुनासो आएपछि सडक निर्माणस्थलमा गएर अध्ययन गरेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरपालिकाले गुणस्तरमा सम्झौता गर्दैन, सडक निर्माणको मापदण्ड अनुसार नै काम हुनु पर्छ भनेर निर्माण व्यवसायीलाई भनेका छौ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियरलाई पनि स्थलगत रुपमा सडक निर्माण भएको ठाउँमा खनेर हेरेर मापदण्ड अनुसार सडक निर्माण भएको छकी छैन गहिरो अध्ययन गरे प्रतिवेदन पेस गर्न भनेको कोइरालाले बताए ।

निर्माण व्यवसायीका प्रतिनिधि तथा कन्सल्टेन्ट इन्जिनियर मायाशंकर चौधरीले स्थानीय स्तरमा सडक निर्माणमा गुणस्तर कमजोर भयो भनेर कुरा उठाएको तर बाहिर आएको हल्ला जस्तो नभएको बताए । इन्जिनियर चौधरीले हामीले सडक निर्माण गर्दा तोकिएको मापदण्ड र सम्झौेता अनुसार नै काम भएको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register