लुम्बिनीको नीति तथा कार्यक्रम पारित

लुम्बिनी । लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैटौँ अधिवेशनको आठौँ बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शनिबार प्रदेशसभमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए । उनले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध […]

May 24, 2025 - 14:26
 0
लुम्बिनीको नीति तथा कार्यक्रम पारित

लुम्बिनी । लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैटौँ अधिवेशनको आठौँ बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

शनिबार प्रदेशसभमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए । उनले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयनयोग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको दावीसमेत गरे ।

बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुतपछि ध्वनिमतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

लुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म भएको छलफलमा प्रदेशसभाका ४० जना सदस्यले प्रदेशको विकासका लागि बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register