सर्लाहीमा मुस्लिम समुदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न सांसद चौधरीको माग

काठमाडौं । राष्ट्रियभाकी सांसद पूजा चौधरीले सर्लाहीमा मुस्लिम समूदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले देशमा सद्भाव बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । ‘सर्लाही पर्सा गाउँपालिका ५ मा मुस्लिम समुदायका तस्लिम अन्सारी र अस्लिम अन्सारीमाथि भएको आमानवीय व्यवहारप्रति भत्र्सना गर्दछु । उनीहरूलाई […]

May 21, 2025 - 09:47
 0
सर्लाहीमा मुस्लिम समुदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न सांसद चौधरीको माग

काठमाडौं । राष्ट्रियभाकी सांसद पूजा चौधरीले सर्लाहीमा मुस्लिम समूदायका व्यक्तिहरूमाथि भएको ज्यादतिको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले देशमा सद्भाव बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।

‘सर्लाही पर्सा गाउँपालिका ५ मा मुस्लिम समुदायका तस्लिम अन्सारी र अस्लिम अन्सारीमाथि भएको आमानवीय व्यवहारप्रति भत्र्सना गर्दछु । उनीहरूलाई सुँगुरको खोरमा बाँधी कुटपिट गर्नु धार्मिक सहिष्णुताविरुद्ध हो । यस घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दछु,’ उनले भनिन् ।

साथै सांसद चौधरीले मधेस प्रदेशलगायत तराईका जिल्लामा बाढीको जोखिलाई मध्यनजर गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

साथै उनले हुम्लामा लेदोसहितको पहिलो आएकाकाले प्रभावितलाई राहत तत्काल उपलब्ध गराउन माग राखिन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register