नेपाल-भारत सीमा नाकाबाट दुई चिनियाँ नागरिक पक्राउ

जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रबाट दुई चिनियाँ नागरिक पक्राउ भारतीय प्रहरीले गरेको छ । धनुषास्थित जटही–पिप्रौन नाका हुँदै भारततर्फ जाँदै गरेका दुई चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको ल्याओनिङ प्रान्तका ३८ वर्षीय वू हेलङ र आन्हुई हुंघान प्रान्तका ३० वर्षीय शेङ जुन यङ रहेको बताइएको छ । उनीहरूलाई बुधबार बेलुकी […]

May 29, 2025 - 16:32
 0
नेपाल-भारत सीमा नाकाबाट दुई चिनियाँ नागरिक पक्राउ

जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रबाट दुई चिनियाँ नागरिक पक्राउ भारतीय प्रहरीले गरेको छ ।

धनुषास्थित जटही–पिप्रौन नाका हुँदै भारततर्फ जाँदै गरेका दुई चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको ल्याओनिङ प्रान्तका ३८ वर्षीय वू हेलङ र आन्हुई हुंघान प्रान्तका ३० वर्षीय शेङ जुन यङ रहेको बताइएको छ । उनीहरूलाई बुधबार बेलुकी जटही–पिप्रौन नाकास्थित २८४/३५ नम्बर सीमा स्तम्भ आसपासबाट पक्राउ गरिएको हो ।

भारतीय प्रहरीका अनुसार पर्यटक भिसामा नेपाल आएका उनीहरू सुरक्षाकर्मीलाई छल्दै भारततर्फ छिर्न खोजेका थिए । उनीहरूमध्ये हेलङ गत २०८१ चैत १ मा र यङ २०८१ फागुन १५ मा नेपाल ओर्लिएको भारतीय प्रहरी जनाएको छ ।

हेलङ आफू ब्लगर भएको बताएका छन् भने यङको मोबाइलबाट ५० भन्दाबढी भारतविरोधी भिडिओ सामग्रीहरू भेटिएको भारतीय प्रहरी दाबी रहेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register