सामाजिक सञ्जाल विधेयकले नागरिकलाई आतङ्कित बनायो : नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतङ्कित पारेको बताएका छन् । शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतङ्कित भएको बताएका हुन् । प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरङ्कुशताको झल्को दिएको उनले बताए । त्यस्तै, […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतङ्कित पारेको बताएका छन् ।
शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतङ्कित भएको बताएका हुन् ।
प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरङ्कुशताको झल्को दिएको उनले बताए ।
त्यस्तै, श्रेष्ठले संविधानको सकारात्मक अर्न्तवस्तुलाई प्रहार गर्ने अभिशायले संविधान संशोधन गर्न खोजिएको धारणा राखे ।
सत्तारुढ दलका नेताहरुले नै दुईदलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने सङ्केत देखिएको उनले बताए ।
What's Your Reaction?






