एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच छुट सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकहरूलाई हिल्टनमा विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मकोआकर्षक छुट पाउनेछन् । […]

Jun 1, 2025 - 08:22
 0
एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच छुट सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकहरूलाई हिल्टनमा विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मकोआकर्षक छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register