कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले परिसरको गेटबाट उनलाई नियन्त्रणमा लगिएको बताए । राप्रपाका महामन्त्री शरदराज पाठकले कमल थापालाई […]

Jun 1, 2025 - 13:28
 0
कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले परिसरको गेटबाट उनलाई नियन्त्रणमा लगिएको बताए ।

राप्रपाका महामन्त्री शरदराज पाठकले कमल थापालाई भेट्न प्रहरी परिसर पुग्नुभएका राप्रपा सांसद दीपक सिंहलाई भर्खरै विनाकारण त्यहीँबाट पक्राउ गरेर थुनामा राखिएको खबर आएको बताएका छन् ।

सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register