तीर्थराज भट्टराईलाई आफैँले अध्यागमन पठाएको गृहमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अख्तियारले नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईलाई आफूले नै अध्यागमन पठाएको स्वीकार गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो स्वीकारोक्ति गरेका हुन् । ‘मैले अध्यागमनमा काम गरेका सहसचिवलाई कसुरजन्य सम्पत्ति विभागमा सरूवा गरेर उनलाई अध्यागमन कार्यालय पठाएको हो,’ उनले भने । यद्यपि अन्यत्रबाट ल्याएर उनलाई त्यहाँ नपठाइएको उनले बताए […]

May 28, 2025 - 12:43
 0
तीर्थराज भट्टराईलाई आफैँले अध्यागमन पठाएको गृहमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अख्तियारले नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईलाई आफूले नै अध्यागमन पठाएको स्वीकार गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो स्वीकारोक्ति गरेका हुन् । ‘मैले अध्यागमनमा काम गरेका सहसचिवलाई कसुरजन्य सम्पत्ति विभागमा सरूवा गरेर उनलाई अध्यागमन कार्यालय पठाएको हो,’ उनले भने ।

यद्यपि अन्यत्रबाट ल्याएर उनलाई त्यहाँ नपठाइएको उनले बताए । भट्टराई २०७७ सालदेखि नै गृह मन्त्रालयमा काम गरेको र महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्ति भएको उनले बताए । भट्टराई कसुरजन्य सम्पत्ति विभागको महानिर्देशक र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक समेत भएको उनले उल्लेख गरे । आफू गृहमन्त्रालय आउनुअगावै भट्टराई त्यहाँ कार्यरत रहेको उनले खुलाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register