काठमाडौंमा तीनवटा बाहेक सबै ठाउँ निषेधित क्षेत्र

काठमाडौं । राजसंस्था पक्षधरको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले काठमाडौंका तीनवटाबाहेक सबै ठाउँकलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य सबै ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । यसैबीच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोदन समिति र राप्रपाले पनि राप्रपा […]

Jun 1, 2025 - 16:19
 0
काठमाडौंमा तीनवटा बाहेक सबै ठाउँ निषेधित क्षेत्र

काठमाडौं । राजसंस्था पक्षधरको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले काठमाडौंका तीनवटाबाहेक सबै ठाउँकलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य सबै ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यसैबीच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोदन समिति र राप्रपाले पनि राप्रपा अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरेको विरोधमा थप आन्दोलन गर्ने भएका छन् । समितिले त सोमबारलाई काठमाडौं उपत्यका बन्दको समेत घोषणा गरिसकेको छ ।

आन्दोलन थप चर्किने देखिसँगै प्रशासनले निषेधित क्षेत्र पनि थपेको हो । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बढीमा दुई महिना यी तीनबोहक सबमौ निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

जनगुनासोलाई सम्बोधन गर्दै काठमाडौंका मुख्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।

राप्रपालगायत राजावादी संगठनले आइतबार नारायणचौरमा विरोध प्रदर्शन गरेका थिए । अबदेखि त्यहाँ पनि निषेधित क्षेत्र हुनेछ ।

राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register