स्कटल्याण्डमा पहिलोपटक नेपाली मेला गर्दै दूतावास

लन्डन । लन्डनस्थित नेपाली दूतावासले पहिलो पटक संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड राज्यमा नेपाली मेला गर्ने तयारी गरेको छ । दूतावासले आउंदो २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । लन्डन केन्द्रित भन्दा दूतावासको ‘आउटरिच’ बढाउने […]

Jun 5, 2025 - 20:47
 0
स्कटल्याण्डमा पहिलोपटक नेपाली मेला गर्दै दूतावास

लन्डनस्थित नेपाली दूतावास भवन

लन्डन । लन्डनस्थित नेपाली दूतावासले पहिलो पटक संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड राज्यमा नेपाली मेला गर्ने तयारी गरेको छ ।

दूतावासले आउंदो २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।

लन्डन केन्द्रित भन्दा दूतावासको ‘आउटरिच’ बढाउने उद्देश्य अनुरुप स्कटल्याण्डमा पहिलोपटक नेपाली मेला हुन लागेको हो । ‘मेलाको प्रमुख उद्देश्य नेपाल प्रमोट, युवा पुस्ताबीच आपसी चिनजान र उनीहरुलाई नेपाली मौलिक कला संस्कृतिबारे जानकारी एवं नेपाली-स्कटिससंग नेटवर्किङ नै हो’, दुवाडीले भने ।

बिहान १० देखि सांझ ६ बजेसम्म हुने मेलामा खाना स्टल, हस्तकला लगायत नेपाली उत्पादनको शो केस, आआफ्नो समुदायको झांकी, पन्चेबाजासहित सांस्कृतिक प्रस्तुति, नेपाल चिनाउने सामग्री वितरण र परेड पनि गरिने दूतावासले जनाएको छ ।

‘दशौं हजार विदेशी आवतजावत गर्ने ऐतिहासिक महत्वको क्यासल नजिक मेला गर्दा यसले विदेशीलाई पनि आकर्षित गर्ने हाम्रो अपेक्षा छ’, उपनियोग प्रमुख दुवाडीले नेपालीलिंकसंग भने ।

स्कटल्याण्डमा नेपाली समुदायबीच रहेको एकताले पनि मेलामा सहकार्य गर्न दूतावासलाई थप उर्जा मिलेको छ । यस खालको मेला स्कटल्याण्डमा वर्षको एकपटक गर्ने योजना दूतावासको छ ।

मेलाका क्रममा कन्सुलर सेवा समेत दिने तयारी भइरहेको दुवाडीले बताए । त्यसो त दूतावासले यसअघि पनि स्कटल्याण्डमा मोबाइल कन्सुलर सेवा दिइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register