चार्ल्टन नेपाली समाजको नयाँ वर्ष आउटिङमा भजनकीर्तन र पैदल यात्रा

लन्डन- चार्ल्टन नेपाली समाज यूकेले पृथक शैलीमा ‘आउटिङ’ गरेको छ । गत ११ मे २०२५ आइतबार कोलाहल लन्डन शहरबाट अलिक टाढा सरे हिल पार्कमा आयोजित आउटिङका क्रममा नेपाली नयां वर्ष शुभकामना, पैदल यात्रा, सामूहिक नाचगान, भजन कीर्तन, वनभोज र कपल गेममा रमाए झण्डै २५० नेपाली । कार्यक्रममा आवतजावतका लागि चार्ल्टन नेपाली समाजले बस ब्यवस्था गरेको […]

May 23, 2025 - 08:37
 0
चार्ल्टन नेपाली समाजको नयाँ वर्ष आउटिङमा भजनकीर्तन र पैदल यात्रा

लन्डन- चार्ल्टन नेपाली समाज यूकेले पृथक शैलीमा ‘आउटिङ’ गरेको छ ।

गत ११ मे २०२५ आइतबार कोलाहल लन्डन शहरबाट अलिक टाढा सरे हिल पार्कमा आयोजित आउटिङका क्रममा नेपाली नयां वर्ष शुभकामना, पैदल यात्रा, सामूहिक नाचगान, भजन कीर्तन, वनभोज र कपल गेममा रमाए झण्डै २५० नेपाली ।

कार्यक्रममा आवतजावतका लागि चार्ल्टन नेपाली समाजले बस ब्यवस्था गरेको थियो भने वनभोजका निम्ति स्थानीय समाजसेवीहरुले खाना तथा पेयपदार्थ उपलब्ध गराएका थिए ।

कार्यक्रममा सहभागी हुन कतिपय आफ्नै निजी सवारी साधनमा समेत पुगेका थिए ।

कार्यक्रममा समाजकी अध्यक्ष सीता अर्यालले नयाँ वर्ष २०८२ को शुभकामना दिंदै ब्यस्त समयका बाबजुद यति टाढा आएर रमाइलो वातावरणमा नयाँ वर्षलाई स्वागत गर्न पाएकामा खुशी ब्यक्त गरिन्। उनले जहाँ रहे पनि नेपाली कला संस्कृति, भेषभूषा, धर्म, सामाजिक रितीरिवाज साथै राख्नुपर्नेमा जोड दिंदै समाजले यसलाई बचाउन प्रयासरत गरिरहेको बताइन्।

अध्यक्ष अर्यालले कार्यक्रम सफल पार्न विभिन्न कोण बाट सहयोग गर्ने सबैजना समाजको मेरुदण्ड भएको बताउंदै धन्यवाद दिइन् ।

संक्षिप्त औपचारिक कार्यक्रम समाजका महासचिव वसन्त खनालले सञ्चालन गरेका थिए । ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिंदै महासचिव खनालले कार्यसमित सदस्यहरु स्वयंसेवकका रुपमा र स्वास्थ्यका निम्ति डाक्टर र नर्स समेत तयारी अवस्थामा रहेको जनाएका थिए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्ण खरेल ले स्वागत मन्तब्य दिएका थिए भने कार्यसमिति सदस्य सुवोध नेपालले पैदल मार्गबारे जानकारी गराएका थिए । सांस्कृतिक कार्यक्रम गर्न साउण्ड सिस्टम सुभम अर्यालले सम्हालेका थिए भने खेल खेलाउने जिम्मा समाजसेवी महिलाहरु संगीता मगर र माया केसीले लिएका थिए ।

कार्यक्रम अन्त्यमा विभिन्न खेलमा विजेता हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register